२०८३, आश्विन २ गते

Sep 18 2026

अर्थमन्त्रीको दाबी- बजेटको आकार महत्वकांक्षी छैन

अर्थमन्त्रीको दाबी- बजेटको आकार महत्वकांक्षी छैन

रोज नेपाल
आइतवार, जेठ १७ २०८३
रोज नेपाल
आइतवार, जेठ १७ २०८३
  • काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट महत्वकांक्षी नभएको दाबी गरेका छन् । आर्थिक वर्ष २०८३/८४ को बजेटका सन्दर्भमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले भने, ‘बजारमा २५ खर्बको बजेट आउँछ रे भन्ने व्यापक हल्ला थियो । तर, अन्तिममा बजेट आयो २१ खर्बको हाराहारीमा । धरैले बजेट ठूलो आयो, महत्वकांक्षी आयो भनियो पनि । आकारमा बजेट त्यस्तो महत्वकांक्षी होइन ।’

    जिडीपीको सापेक्षतामा सानो आकारको बजेट ल्याएको उनको जिकिर छ । बजेटले ऋण थप्यो भन्ने विषयमा स्पष्ट पार्दै अर्थमन्त्रीले भने, ‘भूकम्प र कोरोना महामारीको समयमा हाम्रो ऋण बेस्सरी बढेकै हो । त्यसबेला भन्दा अहिले कममै छौँ । यसपालि हामीले ४१० अर्ब आन्तरिक ऋण २४७ अर्ब बाह्य ऋण लिएका छौँ । यो लिएको ऋण पहिले थोपरिएको ऋणमै जाने रहेछ ।’

    अर्को वर्षदेखि ऋण नेटमा हिसाब गर्नेबारे गभर्नरसँग पनि छलफल गरिरहेको उनले जानकारी दिए । अर्को वर्ष तयारीका साथ नयाँ विधि अपनाइने उनले बताए । अर्थमन्त्रीका अनुसार यो साल वैदेशिक ऋण ७२ अर्ब तिरिने भएको छ । ऋण ६५७ अर्ब लिएको र तिरेको रकम ३१८ अर्ब रहेको छ ।

    'अहिले मध्यम वर्गले गुनासो गर्ने ठाउँ कम छ। यति गरिब राष्ट्रले १० लाख रूपैयाँसम्मको आम्दानीमा आयकर एक प्रतिशत मात्र लगाएका छौं,' उनले भने।

    अर्थमन्त्रीका अनुसार नेपालमा अझै अनौपचारिक अर्थतन्त्रको हिस्सा उच्च रहेकाले आयकरबाट तत्कालै ठूलो राजस्व वृद्धि सम्भव छैन। भविष्यमा प्रतिव्यक्ति आय बढ्दै गएपछि आयकर र उपभोग करबीच सन्तुलन कायम गरिने उनले बताए।

     
     

    'अहिले आयमा काटेर उपभोगमा लगाएका हौं,' उनले भने, 'हरेक भ्याट बिल अब अटोमेटिक लट्री टिकट बन्दैछ। लट्री टिकटबाट हरेक दिन हामी लखपति बनाउँछौं।'

    उनले उक्त योजनामा विदेशबाट रेमिट्यान्स पठाउने नेपालीहरूलाई पनि सहभागी गराइने जानकारी दिए।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij