२०८३, आश्विन २ गते

Sep 18 2026

ज्यामीरेघाटमा ठूलो पहिरो पृथ्वीराजमार्ग पुनः अवरुद्ध

ज्यामीरेघाटमा ठूलो पहिरो पृथ्वीराजमार्ग पुनः अवरुद्ध

रोज नेपाल
शुक्रवार, आश्विन २ २०८३
रोज नेपाल
शुक्रवार, आश्विन २ २०८३
  • ​धादिङ — पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिकास्थित ज्यामीरेघाटमा भीषण पहिरो जाँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। पहाडको माथिल्लो भागबाट खसेको ठूलो पहिरोका कारण संघीय राजधानी काठमाडौं भित्रिने र बाहिरिने दुवैसतर्फका सयौँ सवारीसाधनहरू बाटोमै रोकिँदा यात्रुहरू अलपत्र परेका छन्।
    ​धादिङका ट्राफिक प्रहरी प्रमुख शिशिर थापाका अनुसार पहिरोको परिमाण निकै ठूलो रहेकाले बाटो खुलाउन केही समय लाग्नेछ। हिजो मात्रै कृष्णभीरको पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको भए पनि आज पुनः कृष्णभीर नजिकैको ज्यामीरेघाटमा पहिरो खस्दा यातायात ठप्प बनेको हो। हाल निर्माणाधीन सडक आयोजनाका डोजर तथा लोडरहरू प्रयोग गरी पहिरो पन्छाउने काम तीव्रताका साथ अघि बढाइएको छ।

    सडक माथिबाट निकै ठूलो पहिरो खसेका कारणले अहिले संघीय राजधानी काठमाडौं आउजाउ गर्ने दुवैतर्फका सवारी साधनहरू रोकिएका छन्।


     
    यस्तै सडक डिभिजन भरतपुरका अनुसार नारायणगढ–मुग्लिन सडकखण्डको १५ किलोमा पनि माथिबाट लेदो खस्दा सडक एकतर्फी अवरुद्ध भएको छ । लगातारको पहिरोका कारण यात्रा नर्गन र सर्तकता अपनाउन प्रहरीले आग्रह गरेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij