२०८३, आश्विन १ गते

Sep 17 2026

बाजुरामा ६० वर्षीय वृदध् र ६ वर्षीय बालिकाको भिरबाट लडेर मृत्यु

बाजुरामा ६० वर्षीय वृदध् र ६ वर्षीय बालिकाको भिरबाट लडेर मृत्यु

रोज नेपाल
सोमवार, जेठ १८ २०८३
रोज नेपाल
सोमवार, जेठ १८ २०८३
  • बाजुरा \ बाजुरा जिल्लाको बडीमालिका नगरपालिकामा भिरबाट लडेर हिजो आइतबार दुई जनाको मृत्यु भएको छ ।

    बडीमालिका नगरपालिका–१ पाटाका ६० वर्षीय मानबहादुर दानीको वनमा घाँस काट्न गएका क्रममा भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी गगनसिंह भाटले जानकारी दिए ।

    यस्तै, सोही नगरपालिका–६ कोर्धका बलबहादुर खड्काकी छोरी छ वर्षीया जसना खड्काको पनि भिरबाट लडेर मृत्यु भएको छ । प्रहरी निरीक्षक भाटका अनुसार गाउँ नजिकैको वनमा आमासँग घाँस काट्न गएका बेला भिरबाट चिप्लिएर निजको मृत्यु भएको हो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij