काठमाडौं । प्रधानमन्त्री Balen Shah ले नेपाल–भारत सीमा सम्बन्धमा दिएको अभिव्यक्तिको विरोध गर्दै विद्यार्थी तथा विभिन्न समूहले सोमबार साँझ राजधानीमा मशाल जुलुस निकालेका छन्।
आरआर क्याम्पस क्षेत्रबाट सुरु भएको विरोध प्रदर्शनमा सहभागीहरूले प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिन तथा सार्वजनिक रूपमा स्पष्टिकरण दिन माग गरेका थिए। प्रदर्शनकारीहरूले राष्ट्रिय स्वाभिमान र सार्वभौमसत्तासँग जोडिएको विषयमा गैरजिम्मेवार अभिव्यक्ति आएको भन्दै नाराबाजी गरेका थिए।
प्रदर्शनका क्रममा सुरक्षा व्यवस्था कडा पारिएको थियो। जुलुस शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनाइएको छ। प्रदर्शनकारीहरूले सरकार र प्रधानमन्त्रीले राष्ट्रिय हितका विषयमा जिम्मेवार ढंगले प्रस्तुत हुनुपर्ने बताएका थिए।
स्थानीय आयोजकहरूले आवश्यक परे थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी समेत दिएका छन्।