२०८३, आश्विन २ गते

Sep 18 2026

आज यी ५ प्रदेशमा वर्षाको सम्भावना

आज यी ५ प्रदेशमा वर्षाको सम्भावना

रोज नेपाल
बुधवार, जेठ २० २०८३
रोज नेपाल
बुधवार, जेठ २० २०८३
  • काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    जसको प्रभावले हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लागेको छ। लुम्बिनी र कर्णाली प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ ।

    आज दिउँसो देशको हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ भने तराई भूभागमा आंशिक बादल लाग्नेछ। देशको हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ ।  कोशी, मधेस, बागमती र गण्डकी प्रदेशको तराईमा तातो दिन  हुने सम्भावना रहेको छ।

    आज राति देशको हिमाली भूभागमा साधरणतया बादल,  पहाडी भूभागमा आंशिक बादल र तराई भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेशको हिमाली र पहाडी भूभागलगायत बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा  हल्का वर्षाको सम्भावना रहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij