२०८३, आश्विन २ गते

Sep 18 2026

रत्न राज्यलक्ष्मी क्याम्पसलाई सुरक्षा गार्ड र कार्यालय सहयोगी आवश्यक, सिलबन्दी दरभाउपत्र आह्वान

रत्न राज्यलक्ष्मी क्याम्पसलाई सुरक्षा गार्ड र कार्यालय सहयोगी आवश्यक, सिलबन्दी दरभाउपत्र आह्वान

बिहिवार, जेठ २१ २०८३
बिहिवार, जेठ २१ २०८३
  • काठमाडौं । रत्न राज्यलक्ष्मी क्याम्पस, प्रदर्शनीमार्गले सुरक्षा गार्ड तथा कार्यालय सहयोगी कर्मचारी आपूर्तिका लागि सिलबन्दी दरभाउपत्र आह्वान गरेको छ।

    क्याम्पसले सार्वजनिक गरेको सूचनाअनुसार दैनिक ८ घण्टा सेवा प्रदान गर्ने गरी ८ जना सुरक्षा गार्ड र २ जना कार्यालय सहयोगी आवश्यक परेको जनाएको छ। इच्छुक तथा योग्य सेवा प्रदायक संस्था वा फर्मले तोकिएको प्रक्रिया पूरा गरी दरभाउपत्र पेश गर्न सक्नेछन्।

    सूचनामा उल्लेख भएअनुसार दरभाउपत्र फाराम क्याम्पस प्रशासनबाट प्राप्त गर्न सकिनेछ। फाराम खरिद तथा दर्ताका लागि तोकिएको शुल्क क्याम्पसको बैंक खातामा जम्मा गरी भौचर पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।

    यसैगरी, दरभाउपत्रसँग वार्षिक कारोबारको विवरण, धरौटी रकम जम्मा गरेको प्रमाण तथा कम्तीमा तीन महिनासम्म मान्य रहने बैंक जमानतपत्र संलग्न गर्नुपर्ने जनाइएको छ।

    क्याम्पस प्रशासनले तोकिएको समयभित्र प्राप्त भएका दरभाउपत्रहरू नियमानुसार खोलिने र छनोट प्रक्रिया अघि बढाइने जनाएको छ। थप जानकारीका लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न आग्रह गरिएको छ।

    IMG_20260604_130104.jpg

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij