२०८३, आश्विन १ गते

Sep 17 2026

राष्ट्र बैंकद्वारा मंगलबारका लागि विदेशी मुद्रा विनिमयदर सार्वजनिक, अमेरिकी डलर १५३ रुपैयाँ नजिक

राष्ट्र बैंकद्वारा मंगलबारका लागि विदेशी मुद्रा विनिमयदर सार्वजनिक, अमेरिकी डलर १५३ रुपैयाँ नजिक

मंगलवार, जेठ २६ २०८३
मंगलवार, जेठ २६ २०८३
  • काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। प्रकाशित दरअनुसार अमेरिकी डलरको मूल्य १५३ रुपैयाँको हाराहारीमा कायम भएको छ।

    केन्द्रीय बैंकले अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८४ पैसा तथा बिक्रीदर १५३ रुपैयाँ ४४ पैसा निर्धारण गरेको छ। यस्तै, युरो एकको खरिददर १७६ रुपैयाँ ३९ पैसा र बिक्रीदर १७७ रुपैयाँ ०९ पैसा रहेको छ भने बेलायती पाउण्ड स्टर्लिङको खरिददर २०४ रुपैयाँ २६ पैसा र बिक्रीदर २०५ रुपैयाँ ०६ पैसा कायम गरिएको छ।

    स्वीस फ्र्याङ्क, अष्ट्रेलियन डलर, क्यानेडियन डलर तथा सिङ्गापुर डलरको विनिमयदरमा पनि सामान्य समायोजन गरिएको राष्ट्र बैंकले जनाएको छ। त्यसैगरी जापानी येन, चिनियाँ युआन, साउदी रियाल तथा कतारी रियालको मूल्यसमेत सार्वजनिक गरिएको छ।

    थाई भाट, यूएई दिराम, मलेसियन रिङ्गेट, दक्षिण कोरियाली वन, स्विडिस क्रोनर र डेनिस क्रोनरको विनिमयदर पनि राष्ट्र बैंकले तोकेको छ। साथै हङकङ डलर, कुवेती दिनार, बहराइन दिनार र ओमानी रियालको मूल्यसमेत अद्यावधिक गरिएको छ।

    भारतीय मुद्रातर्फ १०० भारतीय रुपैयाँको खरिददर१६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ।

    राष्ट्र बैंकले विनिमयदर आवश्यकता अनुसार जुनसुकै समयमा परिमार्जन हुन सक्ने जनाएको 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij