२०८३, आश्विन २ गते

Sep 18 2026

काभ्रेवासीका लागि खुसीको खबर : एकीकृत खानेपानी आयोजनामा २० करोड बजेट सुनिश्चित

काभ्रेवासीका लागि खुसीको खबर : एकीकृत खानेपानी आयोजनामा २० करोड बजेट सुनिश्चित

मंगलवार, जेठ २६ २०८३
मंगलवार, जेठ २६ २०८३
  • काभ्रे । खानेपानी आपूर्तिलाई थप व्यवस्थित र दीगो बनाउने उद्देश्यसहित सरकारले काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाका लागि २० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

    बनेपा, पनौती र धुलिखेल नगरपालिका समेटिएको उक्त आयोजना सम्पन्न भएपछि क्षेत्रका हजारौँ नागरिकले स्वच्छ तथा नियमित खानेपानी सेवाको लाभ लिन सक्ने अपेक्षा गरिएको छ।

    वर्षौँदेखि बढ्दो जनसंख्या र खानेपानीको मागसँग जुधिरहेका यी नगरपालिकामा आयोजना महत्वपूर्ण मानिएको छ। विनियोजित बजेट आयोजनाको पूर्वाधार विस्तार, वितरण प्रणाली सुदृढीकरण तथा सेवा प्रभावकारिता बढाउन खर्च गरिने जनाइएको छ।

    स्थानीय तहका जनप्रतिनिधि तथा सर्वसाधारणले सरकारको यो निर्णयलाई सकारात्मक रूपमा लिँदै आयोजनालाई समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन्। आयोजना पूरा भएपछि काभ्रे उपत्यकामा खानेपानी व्यवस्थापनमा उल्लेखनीय सुधार आउने विश्वास गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij