२०८३, आश्विन २ गते

Sep 18 2026

नवनिर्वाचित फोहोरमैला व्यवस्थापन सङ्घका केन्द्रीय समितिलाई अखिल नेपाल सरसफाई मजदुर संघ द्वारा बधाई तथा शुभकामना प्रदान

नवनिर्वाचित फोहोरमैला व्यवस्थापन सङ्घका केन्द्रीय समितिलाई अखिल नेपाल सरसफाई मजदुर संघ द्वारा बधाई तथा शुभकामना प्रदान

रोज नेपाल
आइतवार, श्रावण १२ २०८२
रोज नेपाल
आइतवार, श्रावण १२ २०८२


  • काठमाडौं । अखिल नेपाल सरसफाई मजदुर संघ द्वारा नवनिर्वाचित फोहोरमैला व्यवस्थापन सङ्घका केन्द्रीय समितिलाई बधाई तथा शुभकामना प्रदान गरिएको छ ।
    अखिल नेपाल सरसफाई मजदुर संघकी केन्द्रीय अध्यक्ष धनु दाहालको सभापतित्व, अखिल नेपाल ट्रेड युनियन महासङ्घका अध्यक्ष जगत सिमखडाको प्रमुख आतिथ्यता  तथा महासंघका उप महासचिव शिव पोख्रेल, फोहोरमैला व्यवस्थापन सङ्घका केन्द्रीय अध्यक्ष राम कुमार घिमिरे ,संस्थापक अध्यक्ष तथा सल्लाहकार टीकाराम दाहाल , सल्लाहकारहरु बासुदेब उप्रेती ,धनपती आचार्य, अखिल नेपाल सरसफाई मजदुर सघका केन्द्रीय उपाध्यक्ष सोमनाथ ढकाल, एकराज सुवेदी, केन्द्रिय सदस्यहरु देब नारायण श्रेष्ठ , भिम श्रेष्ठ , मीन बा श्रेष्ठको बिशेष उपस्थितिमा एक कार्यक्रम बिच अखिल नेपाल सरसफाई मजदुर संघ द्वारा नवनिर्वाचित फोहोरमैला व्यवस्थापन सङ्घका नवनिर्वाचित  अध्यक्ष रामकुमार घिमिरे,वरिष्ठ उपाध्यक्ष सहदेव राउत,उपाध्यक्ष भुपाल आचार्य,सचिव राजेन्द्र पोखरेल,सचिव लक्ष्मीप्रसाद गेलाल,कोषाध्यक्ष रामेश्वर प्रसाद पोख्रेल,सह कोषध्यक्ष ओमराज लामा लगायत केन्द्रीय समितिलाई बधाई तथा शुभकामना प्रदान गरिएको हो ।
    अखिल नेपाल सरसफाई मजदुर सघका महासचिव तुलसीराम सिटौलाले सन्चालन गर्नु भएको कार्यक्रममा प्रमुख अतिथि अखिल नेपाल ट्रेड युनियन महासङ्घका अध्यक्ष जगत सिंखडा, फोहोरमैला व्यवस्थापन सङ्घका केन्द्रीय अध्यक्ष राम कुमार घिमिरे , सल्लाहकार टीकाराम दाहालले आफ्नो मनतव्य राख्नु भएको थियो । 
    वर्तमान अध्यक्ष रामकुमार घिमिरेले आफ्नो धारणा राख्दै सबै क्षेत्रबाट सहयोग भयो भने हामीले सकेसम्म राम्रो काम गर्नेछौं र फोहोर मैला व्यवस्थापन पेशालाई व्यवस्थित बनाउने पहल गर्नेछौं भनी बताउनुभयो । 
    संघका सल्लाहाकार तथा संघका संस्थापक अध्यक्ष टिकाराम दाहालले फोहोरमैला सेक्टरमा काम गर्ने मजदुरहरूलाई हामीले जति माया गर्यौं हाम्रो व्यवसाय त्यति राम्रो हुन्छ, ,फोहोरमैला सेक्टरमा सबैभन्दा पहिला हामीले सामाजिक सुरक्षा कोषमा मजदुरलाई लगेका थियौं हाम्रा कर्मचारी र व्यवसायीको सम्बन्ध नङ र मासुको छ र रहिरहने छ फोहोर मैला सेक्टरमा काम गर्ने मजदुरलाई यति तलबले जीविकोपार्जन गर्न धेरै गाह्रो छ । कसरी हुन्छ कर्मचारीलाई धेरै सुविधा दिने प्रयत्न हामी सधैं गरिरहनेछौ र गरिरहेका छौं भन्नु भयो । 
    प्रमुख अतिथि जगत सिमखडाले म  नेप्सेम्याक सेवा प्रा.लि.मा  एउटा कार्यक्रममा गएको थिएँ । त्यहाँका मजदुरहरुलाई सामाजिक सुरक्षाकोषमा आबद्ध गराएको देखेर मलाई धेरै खुसी लाग्यो, फोहोर मैला व्यवस्थापन संघमा आबद्ध सबै साथीहरुले मजदुरहरूलाई सामाजिक सुरक्षा कोषमा लान अनुरोध गर्दै आफ्नो तर्फबाट गर्नुपर्ने सहयोग सधैँ रहनेछ भन्ने प्रतिबद्धता जाहेर गर्नु भयो ।
    कार्यक्रम सभ्य र भव्य रुपमा सम्पन्न भएको अखिल नेपाल सरसफाई मजदुर सघका केन्द्रीय उपाध्यक्ष एकराज सुवेदीले जानकारी दिनु भयो । 

    356f3b1b-8dcc-4116-9d38-1da653ca2f07.jpeg
     

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij