काठमाडौं । नेपाली सुनचाँदी बजारमा आइतबार सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। पछिल्ला दिनहरूमा अन्तर्राष्ट्रिय बजारमा देखिएको मूल्यवृद्धिको प्रभाव स्थानीय बजारमा पनि परेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला १ हजार २०० रुपैयाँले बढेर २ लाख ९३ हजार २०० रुपैयाँ कायम भएको छ। शुक्रबार यही सुन प्रतितोला २ लाख ९२ हजार रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि उकालो लागेको छ। प्रतितोला ५५ रुपैयाँले बढेर चाँदी ४ हजार ८९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अघिल्लो कारोबार दिन चाँदीको मूल्य प्रतितोला ४ हजार ८४० रुपैयाँ रहेको थियो।
अन्तर्राष्ट्रिय बजारमा समेत सुनको मूल्य उच्च बिन्दुतर्फ अग्रसर देखिएको छ। विश्व बजारमा सुन प्रतिऔँस ४ हजार २१० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेका कारण यसको प्रभाव नेपाली बजारमा पनि देखिएको विश्लेषण गरिएको छ।
सुनचाँदीको मूल्यमा आएको पछिल्लो वृद्धिसँगै लगानीकर्ता तथा उपभोक्ताहरूको चासो समेत बढेको छ।