२०८३, आश्विन २ गते

Sep 18 2026

‘फाइल खोल्ने हो भने सबै खोलौँ’ : गिरीबन्धुदेखि ओम्नी–वाइडबडीसम्म छानबिन गर्न एमालेको माग

‘फाइल खोल्ने हो भने सबै खोलौँ’ : गिरीबन्धुदेखि ओम्नी–वाइडबडीसम्म छानबिन गर्न एमालेको माग

रोज नेपाल
सोमवार, आषाढ १ २०८३
रोज नेपाल
सोमवार, आषाढ १ २०८३
  • काठमाडौं । नेकपा एमालेले विभिन्न चर्चित विवाद र अनियमिततासँग जोडिएका प्रकरणहरूको फाइल सार्वजनिक गरी सत्यतथ्य बाहिर ल्याउन सरकारलाई आग्रह गरेको छ। एमालेले गिरीबन्धु टी स्टेट, ओम्नी समूह र वाइडबडी विमान खरिद प्रकरणलगायत विषयमा निष्पक्ष छानबिन हुनुपर्ने धारणा राखेको हो।

    प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा एमाले संसदीय दलकी उपनेता पद्मा अर्याल ले सरकारका तर्फबाट विपक्षी दलसँग सम्बन्धित फाइल खोल्ने चेतावनी आएको भन्दै असन्तुष्टि व्यक्त गरिन्।

    उनले कुनै पनि प्रकरणको फाइल खोल्ने विषयलाई राजनीतिक दबाब वा धम्कीका रूपमा प्रयोग गर्न नहुने बताउँदै सबै विवादित विषयको यथार्थ सार्वजनिक गर्न सरकार तयार हुनुपर्ने धारणा राखिन्। उनका अनुसार यदि सरकारले फाइल खोल्ने प्रक्रिया अघि बढाउने हो भने गिरीबन्धु टी स्टेट प्रकरणबाट सुरुआत गरेर ओम्नी र वाइडबडीसँग सम्बन्धित विषयहरू पनि छानबिनको दायरामा ल्याउनुपर्छ।

    अर्यालले संसद् जस्तो जिम्मेवार थलोमा मन्त्रीहरूबाटै आरोप–प्रत्यारोप र धम्कीपूर्ण अभिव्यक्ति आउनु उपयुक्त नभएको उल्लेख गरिन्। उनले विपक्षी दलको आवाज दबाउने उद्देश्यले विभिन्न प्रकरणका फाइलको नाम लिएर दबाब सिर्जना गर्ने प्रयास लोकतान्त्रिक अभ्यासअनुकूल नहुने जिकिर गरिन्।

    पछिल्ला केही दिनयता भ्रष्टाचार, अनियमितता तथा विवादास्पद निर्णयसँग सम्बन्धित विषयहरूको छानबिन र फाइल सार्वजनिक गर्ने मुद्दा संसद् तथा राजनीतिक वृत्तमा बहसको केन्द्र बनेको छ। यसै विषयलाई लिएर सत्ता पक्ष र प्रतिपक्षबीच आरोप–प्रत्यारोपको क्रम पनि तीव्र बन्दै गएको देखिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij