२०८३, आश्विन १ गते

Sep 17 2026

‘वाल रंगाउने होइन, संयमित बनौँ’ : शीर्ष नेताप्रति सूर्य थापाको कटाक्ष

‘वाल रंगाउने होइन, संयमित बनौँ’ : शीर्ष नेताप्रति सूर्य थापाको कटाक्ष

रोज नेपाल
सोमवार, आषाढ १ २०८३
रोज नेपाल
सोमवार, आषाढ १ २०८३
  • काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य सूर्य थापा ले पार्टीभित्र देखिएको पछिल्लो सार्वजनिक बहसप्रति चिन्ता व्यक्त गर्दै शीर्ष नेताहरूलाई संयमित रहन आग्रह गरेका छन्।

    सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै थापाले पार्टीका वरिष्ठ तहका नेताहरूले भावनात्मक प्रतिक्रिया दिनुभन्दा जिम्मेवार र सन्तुलित व्यवहार देखाउनुपर्ने बताएका छन्। उनले पार्टीभित्रका विषयलाई लिएर भइरहेको टिप्पणी र प्रतिटिप्पणीले कार्यकर्ता तहमा अनावश्यक तरंग सिर्जना गर्न सक्ने संकेत गरेका छन्।

    थापाले केही समूह वा व्यक्तिहरूले योजनाबद्ध रूपमा पार्टी र नेतृत्वविरुद्ध नकारात्मक प्रचार गर्न खोजेको उल्लेख गर्दै त्यस्ता गतिविधिबाट प्रभावित भएर उच्च पदस्थ नेताहरूले सामाजिक सञ्जालमा प्रतिक्रिया जनाउनु उपयुक्त नहुने धारणा राखेका छन्।

    उनलेफेसबुकमा लेखेको सन्देशमा उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल तथा उपमहासचिव योगेश भट्टराई जस्ता शीर्ष नेताहरूलाई लक्षित गर्दै सामाजिक सञ्जालका बहसभन्दा संगठनात्मक मर्यादा र संयमलाई प्राथमिकता दिन आग्रह गरेका छन्।

    पछिल्लो समय एमालेभित्र विभिन्न विषयलाई लिएर नेताहरूबीच सामाजिक सञ्जालमै धारणा आदानप्रदान भइरहेको सन्दर्भमा थापाको टिप्पणीलाई पार्टीभित्रको आन्तरिक संवाद र सार्वजनिक अभिव्यक्तिबारे आएको सन्देशका रूपमा हेरिएको छ। उनले पार्टीलाई कमजोर बनाउने उद्देश्यले फैलाइने प्रचारबाट सचेत रहन र नेतृत्व तहले थप जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij