२०८३, आश्विन २ गते

Sep 18 2026

डीएभी कलेजमा विद्यार्थीले गरे आत्महत्या

डीएभी कलेजमा विद्यार्थीले गरे आत्महत्या

रोज नेपाल
मंगलवार, आषाढ २ २०८३
रोज नेपाल
मंगलवार, आषाढ २ २०८३
  • काठमाडौं । ललितपुर जावलाखेलस्थित डीएभी कलेजमा कक्षा १२ मा अध्ययनरत एक विद्यार्थीले कलेजकै छतबाट हामफालेर आत्महत्या गरेका छन् । पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर २२ घर भएका १८ वर्षीय आर्यन सिंहले आत्महत्या गरेका हुन् ।

    जिल्ला प्रहरी प्रवक्ता एसपी गौतम मिश्रका अनुसार सोमबार दिउँसो साढे १२ बजे उनी छतबाट हामफालेका थिए । तत्कालै सुमेरू सिटी अस्पतालमा उपचारका लागि लगिएकोमा अस्पतालले साँझ मृत घोषित गरेको हो ।

    काठमाडौं महानगरपालिका- ७, चावहिल घर भएका उनले छतबाट हाम फाल्नुअघि एउटा कपीमा केही कुरा लेखेका छन् । हिन्दी भाषाको रोमनमा लेखेका विषयहरु प्रहरीले अध्ययन गरिरहेको प्रवक्ता एसपी मिश्रले बताए । प्रारम्भिक अनुसन्धानअनुसार मानसिक समस्या रहेको कुरा उनको लेखाइमा झल्किन्छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij