२०८३, आश्विन २ गते

Sep 18 2026

बागमती प्रदेश विवाद

बागमतीको विवादबारे एमालेको चासो, कांग्रेसको जवाफ- आन्तरिक विषय आफैं मिलाउँछौं

बागमतीको विवादबारे एमालेको चासो, कांग्रेसको जवाफ- आन्तरिक विषय आफैं मिलाउँछौं

रोज नेपाल
बिहिवार, श्रावण १६ २०८२
रोज नेपाल
बिहिवार, श्रावण १६ २०८२
  • १५ साउन, काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले बागमती प्रदेशमा देखिएको पछिल्लो सत्ता समीकरणको विवादबारे चासो राखेको छ ।

    बिहीबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ दुई दल एमाले र कांग्रेसबीचको छलफलका क्रममा एमालेका नेताहरूले यसबारे चासो राखेको थियो ।

    एमालेको चासोमा कांग्रेसले भने आफूहरूको आन्तरिक विषय आफैं मिलाउने जवाफ दिएको छ ।

    बैठकमा सहभागी कांग्रेस उपसभापति पूर्णबहादुर खड्काका अनुसार, बागमतीको विवादबारे केहीबेर छलफल भएको थियो ।

    ‘बागमतीको बारेमा छलफल भयो । अहिलेसम्म भएको घटनाक्रमबारे छलफल भयो,’ उनले अनलाइनखबरसँग भने, ‘हो हाम्रो आन्तरिक विषय हो । यसमा केही दिनमै निकास दिन्छौं भनेर हामीले जवाफ दिएका छौं ।’

    बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामालाई हटाउने तयारीस्वरुप संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ चयन भइसकेका छन् ।

    यद्यपि लामाले पदबाट राजीनामा दिएका छैनन् ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij