काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) चितवन पुगेका छन्।
प्रधानमन्त्री शाह केही समयअघि भरतपुर विमानस्थलमा अवतरण गरेका हुन्। विमानस्थलबाट उनी सिधै महाधिवेशन स्थलतर्फ प्रस्थान गरेको बताइएको छ।
उनीसँग यस भ्रमणमा पत्नी र छोरी पनि रहेका छन्। पारिवारिक साथसहितको यो उपस्थिति विशेष चासोको विषय बनेको छ।
भरतपुरमा आयोजित उक्त महाधिवेशनको औपचारिक उद्घाटन आज दिउँसो २ बजे प्रधानमन्त्री शाह र रास्वपा सभापति रवि लामिछानेले संयुक्त रूपमा गर्ने कार्यक्रम रहेको छ।
महाधिवेशनलाई लक्षित गर्दै चितवन क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने देशभरबाट आएका नेता तथा कार्यकर्ताको उल्लेख्य उपस्थिति देखिएको छ।