२०८३, आश्विन २ गते

Sep 18 2026

आजको मौसम : पूर्वी पहाडमा वर्षा, पश्चिम तराईमा गर्मीको कहर

आजको मौसम : पूर्वी पहाडमा वर्षा, पश्चिम तराईमा गर्मीको कहर

सोमवार, आषाढ ८ २०८३
सोमवार, आषाढ ८ २०८३
  • काठमाडौं । देशभर मौसमको अवस्था मिश्रित रहने भएको छ। पूर्वी क्षेत्रका पहाडी तथा हिमाली भूभागमा मनसुन सक्रिय रहँदा केही स्थानमा वर्षाको सम्भावना देखिएको छ भने पश्चिमी तराईका जिल्लामा तातो लहरको प्रभाव कायम रहने मौसमविद्ले बताएका छन्।

    हाल कोशी प्रदेशमा मनसुनी प्रणालीको प्रभाव देखिएको छ। अन्य क्षेत्रमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ। कोशीसहित देशका अधिकांश पहाडी र हिमाली क्षेत्रमा सामान्यदेखि आंशिक बदली रहेको छ भने लुम्बिनी र कर्णाली प्रदेशका तराई क्षेत्रमा मौसम प्रायः सफा छ। केही स्थानमा हल्का वर्षा पनि भइरहेको छ।

    दिउँसो कोशी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा तथा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ। कोशी प्रदेशको तराईका केही स्थान र मधेश प्रदेशका एक–दुई स्थानमा पनि वर्षा हुन सक्ने अनुमान गरिएको छ।

    यता लुम्बिनी र सुदूरपश्चिमका तराई जिल्लामा तातो लहर चल्ने सम्भावना रहेको छ। बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका केही स्थानमा पनि अत्यधिक गर्मी महसुस हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदली कायम रहनेछ। यी प्रदेशका केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुन सक्ने सम्भावना छ। मधेश प्रदेश तथा कोशीको तराईका केही स्थानमा पनि चट्याङसहित वर्षा हुन सक्ने अनुमान गरिएको छ।

    मौसमविद्ले तातो लहर प्रभावित क्षेत्रका नागरिकलाई आवश्यक सतर्कता अपनाउन तथा वर्षा र चट्याङको सम्भावना रहेका स्थानमा सावधानी अपनाउन आग्रह गरेका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij