२०८३, आश्विन २ गते

Sep 18 2026

कांग्रेसका अनुभवी नेता राजेन्द्र खरेलको निधन, आज अन्त्येष्टि गरिने

कांग्रेसका अनुभवी नेता राजेन्द्र खरेलको निधन, आज अन्त्येष्टि गरिने

सोमवार, आषाढ ८ २०८३
सोमवार, आषाढ ८ २०८३
  • काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वमन्त्री राजेन्द्र खरेलको ८० वर्षको उमेरमा निधन भएको छ। स्वास्थ्य समस्या बढेपछि उपचारका लागि अस्पताल भर्ना भएका खरेलको आइतबार राति काठमाडौंमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

    दमसम्बन्धी समस्याबाट पीडित खरेल बानेश्वरस्थित एक निजी अस्पतालमा उपचाररत थिए। उपचारकै क्रममा राति उनको निधन भएको हो।

    स्वर्गीय खरेल नेपाली कांग्रेसभित्र लामो समय सक्रिय रहँदै आएका नेता थिए। उनले पार्टीका संस्थापक पुस्ताका प्रमुख नेताहरूसँग नजिकबाट काम गरेका थिए। विसं २०५६ को प्रतिनिधिसभा निर्वाचनमा काभ्रेबाट निर्वाचित भएका उनले संसदीय तथा कार्यकारी दुवै भूमिकामा योगदान दिएका थिए।

    राजनीतिक यात्राका क्रममा उनले शिक्षा राज्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए भने पछि महिला, बालबालिका तथा समाज कल्याण मन्त्रीका रूपमा समेत काम गरेका थिए। उनको निधनसँगै नेपाली कांग्रेसले एक अनुभवी र लामो राजनीतिक अनुभव बोकेको नेता गुमाएको टिप्पणी गरिएको छ।

    उनका छोरा तथा पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलका अनुसार पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि आज बिहान ९ बजेदेखि ११ बजेसम्म नेपाली कांग्रेसको केन्द्रीय कार्यालय, सानेपामा राखिनेछ।

    श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएपछि दिउँसो १ बजे काठमाडौंस्थित पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरिने कार्यक्रम तय गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij