२०८३, आश्विन २ गते

Sep 18 2026

कुशादेवी प्रहरी चौकीलाई व्यवसायी हुमागाईद्वारा कार्यालय सामग्री सहयोग

कुशादेवी प्रहरी चौकीलाई व्यवसायी हुमागाईद्वारा कार्यालय सामग्री सहयोग

रोज नेपाल
सोमवार, आषाढ ८ २०८३
रोज नेपाल
सोमवार, आषाढ ८ २०८३
  • काभ्रे । प्रहरी चौकी कुशादेवीको दैनिक प्रशासनिक तथा कार्यालय सञ्चालनलाई सहज बनाउन स्थानीय व्यवसायी चन्द्र हुमागाईले आवश्यक सामग्री सहयोग गरेका छन्।

    कुशादेवी गाउँपालिका–२ का स्थायी बासिन्दा तथा हाल पनौती नगरपालिका–४ मा बसोबास गर्दै आएका हुमागाईले प्रिन्टर, कम्प्युटर, फोटोकपी पेपर तथा नेपाली कागजलगायतका सामग्री प्रहरी चौकीका इन्चार्ज असई रामहरी घिमिरेलाई हस्तान्तरण गरेका हुन्।

    स्थानीयवासीको उपस्थितिमा आयोजित कार्यक्रममा उनले प्रहरीको सेवा प्रवाहलाई प्रभावकारी बनाउन तथा कार्यालयीय काममा सहजता ल्याउने उद्देश्यले सहयोग गरिएको बताएका छन्। उनले समाजमा शान्ति–सुरक्षा कायम राख्न प्रहरीको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै आफ्नो तर्फबाट सानो योगदान गरेको बताए।

    प्राप्त सामग्रीले चौकीको दैनिक प्रशासनिक कामकाजमा सहजता आउने विश्वास लिइएको छ। स्थानीयहरूले पनि व्यवसायी हुमागाईको सामाजिक उत्तरदायित्वप्रतिको पहल प्रशंसनीय रहेको प्रतिक्रिया दिएका छन्।

    कार्यक्रममा प्रहरी चौकी कुशादेवीका इन्चार्ज असई रामहरी घिमिरेले सहयोगप्रति आभार व्यक्त गर्दै यस्ता सहयोगले सेवा प्रवाह थप प्रभावकारी बन्ने बताएका छन्।

    स्थानीय समुदाय र प्रहरीबीचको सहकार्यलाई अझ मजबुत बनाउने उद्देश्यसहित गरिएको उक्त कार्यक्रम सञ्चालन दिपेश घिमिरेले गरेका थिए।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij