२०८३, आश्विन २ गते

Sep 18 2026

रास्वपा महाधिवेशनमा संस्थापक सदस्यको स्वतः पद व्यवस्था खारेज, असन्तुष्टि चुलिँदै

रास्वपा महाधिवेशनमा संस्थापक सदस्यको स्वतः पद व्यवस्था खारेज, असन्तुष्टि चुलिँदै

रोज नेपाल
सोमवार, आषाढ ८ २०८३
रोज नेपाल
सोमवार, आषाढ ८ २०८३
  • भरतपुर। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन जारी रहँदा संस्थापक सदस्यहरूलाई स्वतः केन्द्रीय समिति सदस्य बनाउने प्रारम्भिक निर्णय खारेज भएपछि पार्टीभित्र असन्तुष्टि देखिएको छ।

    सचिवालयको गत असार ४ गतेको बैठकले संस्थापक सदस्यहरूलाई आगामी कार्यकालका लागि स्वतः केन्द्रीय सदस्य बनाउने आशयको सर्कुलर जारी गरेको थियो। तर, पछिल्ला दिनमा विभिन्न दल र समूहबाट समायोजनमार्फत भित्रिएका नेताहरूले उक्त व्यवस्थामा आपत्ति जनाएपछि नेतृत्व उक्त निर्णयबाट पछि हटेको बुझिएको छ।

    यस निर्णयपछि पार्टी स्थापनाकालदेखि सक्रिय रहेका नेताहरू असन्तुष्ट बनेका छन्। एक संस्थापक नेताका अनुसार प्रारम्भमा जारी गरिएको सर्कुलरपछि निर्णय उल्टिनु आफूहरूका लागि अप्रत्याशित भएको हो।

    उनका अनुसार, “सचिवालयको निर्णयपछि संस्थापक सदस्यहरू स्वतः केन्द्रीय सदस्य हुने कुरा आएको थियो, तर समायोजनमार्फत आएका नेताहरूको विरोधपछि त्यो सच्याइयो।”

    ती नेताले थपे, “सभापतिले मनोनीत गर्ने ५१ सदस्यभित्र पार्टी स्थापनाकालदेखि योगदान दिएका संस्थापकहरूलाई प्राथमिकता दिनुपर्ने हो।”

    महाधिवेशनको वातावरणमा आएको यो निर्णय परिवर्तनले पार्टीभित्र नेतृत्व व्यवस्थापन र समायोजन प्रक्रियाबारे बहस थप चर्किएको छ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij