२०८३, आश्विन २ गते

Sep 18 2026

सुन–चाँदी बजारमा एकैदिन ठूलो गिरावट, तोलामै हजारौं रुपैयाँ सस्तो

सुन–चाँदी बजारमा एकैदिन ठूलो गिरावट, तोलामै हजारौं रुपैयाँ सस्तो

बिहिवार, आषाढ ११ २०८३
बिहिवार, आषाढ ११ २०८३
  • काठमाडौं । नेपाली सुनचाँदी बजारमा बिहीबार सुन तथा चाँदी दुवै धातुको मूल्य उल्लेख्य रूपमा घटेको छ। अघिल्लो कारोबार दिनको तुलनामा सुनको मूल्य प्रतितोला ५ हजार २०० रुपैयाँले ओरालो लागेको हो।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ७८ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँ कायम भएको थियो।

    यस्तै, चाँदीको मूल्यमा पनि उल्लेख्य गिरावट देखिएको छ। आज चाँदी प्रतितोला ४ हजार २३५ रुपैयाँमा खरिद–बिक्री भइरहेको छ, जुन अघिल्लो दिनको तुलनामा ६५० रुपैयाँले कम हो।

    अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्यमा आएको उतारचढाव तथा विनिमय दरको प्रभावका कारण स्थानीय बजारमा पनि सुनचाँदीको मूल्य दैनिक रूपमा परिवर्तन हुने गरेको व्यवसायीहरू बताउँछन्।

    हालको गिरावटसँगै केही दिनयता लगातार उच्च विन्दुमा पुगेको सुनको मूल्यमा आंशिक राहत महसुस भएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij