२०८३, आश्विन २ गते

Sep 18 2026

भेनेजुएला भूकम्प-मृतक २३५ नाध्यो

भेनेजुएला भूकम्प-मृतक २३५ नाध्यो

रोज नेपाल
शुक्रवार, आषाढ १२ २०८३
रोज नेपाल
शुक्रवार, आषाढ १२ २०८३
  • भेनेजुएला । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा कम समयको अन्तरालमा आएका दुई शक्तिशाली भूकम्पका कारण व्यापक जनधनको क्षति भएको छ। कम्तीमा २३५ जनाको मृत्यु भएको छ भने करिब चार हजार ३०० जना घाइते भएका छन्। भग्नावशेषमुनि अझै पनि धेरै मानिस फसेको आशङ्का गरिएकाले उद्धार कार्य तीव्र पारिएको छ।

    संयुक्त राज्य अमेरिकाको भूगर्भीय सर्वेक्षणका अनुसार ७.२ र ७.५ म्याग्निच्युडका दुई भूकम्पका कारण उत्तरी भेनेजुएलाका धेरै भवन भत्किएका, चर्किएका तथा ढलेका छन्। बिहीबारसम्म पनि शक्तिशाली परकम्पहरू महसुस भइरहेका छन्।

    स्वास्थ्यमन्त्री कार्लोस अल्भाराडोले मृतकको सङ्ख्या २३५ पुगेको जानकारी दिनुभएको छ। उहाँका अनुसार घाइतेहरूको सङ्ख्या निरन्तर बढिरहेको छ भने केहीको अवस्था गम्भीर रहेको छ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij