२०८३, आश्विन २ गते

Sep 18 2026

सरकार संविधान मास्ने दिशातर्फ अघि बढ्दैछ : प्रचण्ड

सरकार संविधान मास्ने दिशातर्फ अघि बढ्दैछ : प्रचण्ड

रोज नेपाल
आइतवार, आषाढ २१ २०८३
रोज नेपाल
आइतवार, आषाढ २१ २०८३
  • काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल(प्रचण्ड)ले सरकार संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र मास्ने दिशातर्फ अघि बढिरहेको आरोप लगाएका छन् ।

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)उपत्यका प्रदेश समितिले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् ।

    वर्तमान सरकार सुशासन र विकासको निम्ति नभई संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र अन्तर्गत महिला, दलित, आदिवासी, जनजातिले पाएका अधिकार खोस्ने र संविधान मास्ने दिशातिर अगाडि बढिरहेको संयोजक दाहालको भनाइ छ ।

    ‘यो सरकार सुशासन र विकासको निम्ति होइन, यो संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, महिला, दलित, आदिवासी, जनजातिले पाएका अधिकार खोस्ने र संविधान मास्ने दिशातिर अगाडि बढ्दैछ । खबरदार, तपाईंहामी सबै एकचोटी जुर्मुराउनुपर्ने अवस्था आइलागेको छ,’ उनले भने ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij