२०८३, आश्विन २ गते

Sep 18 2026

राष्ट्रिय सभाको बैठक आज, महान्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत हुने

राष्ट्रिय सभाको बैठक आज, महान्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत हुने

रोज नेपाल
बुधवार, आषाढ ३१ २०८३
रोज नेपाल
बुधवार, आषाढ ३१ २०८३
  • काठमाडौं। संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको बैठक आज (बुधबार) अपराह्न १ः१५ बजे बस्ने तय भएको छ।

    बैठकमा प्रधानमन्त्री बालेन साहले महान्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन सभासमक्ष प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

    उक्त प्रतिवेदनमार्फत महान्यायाधिवक्ता कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा सम्पादन गरेका प्रमुख काम, कानुनी सेवा, सरकारी मुद्दाको अवस्था तथा संस्थागत गतिविधिबारे राष्ट्रिय सभालाई जानकारी गराइने अपेक्षा गरिएको छ।

    यससँगै बैठकमा कार्यसूचीअनुसार अन्य संसदीय प्रक्रिया पनि अघि बढाइनेछ।

    karyashuchi-asara-31-681x768.png

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij