२०८३, आश्विन २ गते

Sep 18 2026

सङ्खुवासभामा श्रीमतीको हत्या आरोपमा ५६ वर्षीय पुरुष पक्राउ

सङ्खुवासभामा श्रीमतीको हत्या आरोपमा ५६ वर्षीय पुरुष पक्राउ

रोज नेपाल
आइतवार, श्रावण ३ २०८३
रोज नेपाल
आइतवार, श्रावण ३ २०८३
  • काठमाडौं । सङ्खुवासभाको मादी नगरपालिका–४ डाँडागाउँमा घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

    प्रहरीका अनुसार पक्राउ पर्नेमा चैनपुर नगरपालिका–७ घर भई हाल मादी नगरपालिका–४ मा बसोबास गर्दै आएका ५६ वर्षीय अमरबहादुर सार्की रहेका छन्। उनीमाथि आफ्नी ४३ वर्षीया श्रीमती फूलमाया मुदेलमाथि धारिलो हतियार प्रयोग गरी हत्या गरेको आरोप लागेको छ।

    घटनाबारे सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय चैनपुर र प्रहरी चौकी मङ्गलबारे मादीबाट खटिएको प्रहरी टोलीले घटनास्थल पुगेर आरोपितलाई नियन्त्रणमा लिएको जनाएको छ।

    प्रहरीले घटनाको कारण, परिस्थितिलगायत विषयमा थप अनुसन्धान अघि बढाएको छ। हत्या कसरी र किन भयो भन्ने विषयमा विस्तृत विवरण अनुसन्धानपछि मात्रै खुल्ने प्रहरीको भनाइ छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij