२०८३, आश्विन २ गते

Sep 18 2026

दूध उत्पादक किसानलाई रु ५.५८ करोड प्रोत्साहन, ११ हजारभन्दा बढी लाभान्वित

दूध उत्पादक किसानलाई रु ५.५८ करोड प्रोत्साहन, ११ हजारभन्दा बढी लाभान्वित

रोज नेपाल
सोमवार, श्रावण ११ २०८३
रोज नेपाल
सोमवार, श्रावण ११ २०८३
  • कास्की / गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा प्रदेशभरका ११ हजार २३२ दुग्ध उत्पादक किसानलाई कुल रु ५ करोड ५८ लाख बराबरको प्रोत्साहन रकम वितरण गरेको छ।

    कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका अनुसार मापदण्ड पूरा गरेका दुग्ध सहकारी संस्थामार्फत किसानलाई प्रतिलिटर दूधमा रु पाँचका दरले प्रोत्साहन सहयोग उपलब्ध गराइएको हो।

    मन्त्रालयका वरिष्ठ पशु विकास अधिकृत डा. शोभा शर्माका अनुसार दैनिक कम्तीमा २०० लिटर र वार्षिक २०० दिन दूध संकलन तथा कारोबार गर्ने सहकारी संस्थाहरू यो कार्यक्रममा सहभागी हुन योग्य हुन्छन्।

    प्रोत्साहन प्राप्त गर्न किसानले आर्थिक वर्षभित्र कम्तीमा ३० दिन सहकारीमार्फत दूध बिक्री गरेको हुनुपर्ने व्यवस्था छ। एक सहकारी संस्थाले अधिकतम रु १७ लाख ५० हजारसम्म प्रोत्साहन रकम प्राप्त गर्न सक्ने मापदण्ड रहेको मन्त्रालयले जनाएको छ।

    डा. शर्माका अनुसार अधिकांश किसानलाई प्रतिलिटर रु पाँचका दरले सहयोग उपलब्ध गराइए पनि केही सहकारीमा लाभग्राहीको संख्या बढी भएका कारण वितरण हुने रकममा सामान्य समायोजन गरिएको छ।

    वितरण गरिएको कुल प्रोत्साहन रकममध्ये चार प्रतिशत कार्यक्रम सञ्चालन तथा व्यवस्थापनमा खर्च गरिएको छ भने बाँकी ९६ प्रतिशत रकम किसानलाई नै उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij