२०८३, आश्विन १ गते

Sep 17 2026

राष्ट्रपति पौडेलद्वारा पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप्रति दुःख व्यक्त

राष्ट्रपति पौडेलद्वारा पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप्रति दुःख व्यक्त

रोज नेपाल
शुक्रवार, श्रावण १५ २०८३
रोज नेपाल
शुक्रवार, श्रावण १५ २०८३
  • काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै समवेदना प्रकट गर्नुभएको छ ।  राष्ट्रपति पौडेल आज प्रथम महिला सविता पौडेलसहित श्रेष्ठको सानेपास्थित निवासमा पुगेर दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जली अर्पण गर्नुभएको हो । शोकको यस घडीमा उहाँले  शोकाकुल परिवारजन तथा आफन्तजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्दै हार्दिक सहानुभूति व्यक्त गर्नुभएको छ । राष्ट्रपति पौडेलले  विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय भएर श्रेष्ठले लोकतन्त्रको स्थापना, पुनःस्र्थापना तथा सुदृढीकरणका लागि भएका विभिन्न संघर्ष र आन्दोलनहरूमा पु¥याउनुभएको नेतृत्वदायी भूमिका तथा राष्ट्रप्रतिको समर्पण, लोकतन्त्रप्रतिको अटल आस्था, समाजवादप्रतिको निष्ठा तथा सार्वजनिक जीवनमा पु¥याउनु भएको योगदान सधै स्मरणीय रहिरहने बताउनुभएको छ । राष्ट्रपति पौडेलले श्रेष्ठको  निधनले नेपालको लोकतान्त्रिक आन्दोलनमा क्षति पुग्नुका साथै मुलुकले निर्भिक र सत्यको पक्षपाती निष्ठावान लोकतन्त्रवादी व्यक्ती गुमाएको आफूले महसुस गरेको बताउनुभयो 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij