२०८३, आश्विन २ गते

Sep 18 2026

मोरङमा मिनिट्रकबाट एक टनभन्दा बढी गाँजा बरामद, चालक नियन्त्रणमा

मोरङमा मिनिट्रकबाट एक टनभन्दा बढी गाँजा बरामद, चालक नियन्त्रणमा

रोज नेपाल
आइतवार, श्रावण १७ २०८३
रोज नेपाल
आइतवार, श्रावण १७ २०८३
  • मोरङ । मोरङको रतुवामाई नगरपालिका–१०, सोमबारे क्षेत्रमा प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गर्दै एक जनालाई पक्राउ गरेको छ।

    शुक्रबार दिउँसो इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले नियमित सवारी जाँचका क्रममा उर्लाबारीबाट आमबारीतर्फ जाँदै गरेको को. १ ख ४३७३ नम्बरको मिनिट्रक रोकेको थियो। जाँचका क्रममा ट्रकभित्र राखिएका ३१ वटा पोकाबाट करिब १ हजार ३३ किलो ४८४ ग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ।

    बरामद गरिएको गाँजासँगै मिनिट्रक चालक धनकुटाको पाख्रीबास नगरपालिका–९ हिले निवासी २८ वर्षीय उमेश तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

    घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij