२०८३, आश्विन २ गते

Sep 18 2026

इरानमाथिको सम्भावित अमेरिकी सैन्य कारबाही रोकियो, ट्रम्पले भने– ‘सम्झौताका लागि ढोका खुला छ’

इरानमाथिको सम्भावित अमेरिकी सैन्य कारबाही रोकियो, ट्रम्पले भने– ‘सम्झौताका लागि ढोका खुला छ’

रोज नेपाल
आइतवार, श्रावण १७ २०८३
रोज नेपाल
आइतवार, श्रावण १७ २०८३
  • काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध तत्काल सैन्य आक्रमण नगर्ने निर्णय गरिएको बताएका छन्। इरान तथा मध्यपूर्वका केही मुलुकबाट कूटनीतिक पहल र सम्झौताका प्रस्तावहरू प्राप्त भएपछि सैन्य विकल्पलाई हालका लागि स्थगित गरिएको उनको भनाइ छ।

    सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै ट्रम्पले अमेरिका आवश्यक परे ठूलो सैन्य कारबाही गर्न पूर्ण रूपमा तयारी अवस्थामा रहेको दाबी गरेका छन्। तर, वार्तामार्फत समाधान खोज्ने सम्भावना देखिएकाले तत्काल आक्रमण अघि नबढाइएको उनले उल्लेख गरेका छन्।

    उनका अनुसार सम्भावित सम्झौताका लागि प्रारम्भिक खाका तयार भइसकेको छ। उक्त खाकामा रणनीतिक महत्वको होर्मुज जलसन्धिलाई तत्काल सञ्चालनमा ल्याउने, इरानसँग जोडिएको आणविक जोखिम अन्त्य गर्ने तथा क्षेत्रीय तनाव कम गर्ने विषय समेटिएका छन्।

    ट्रम्पले यस प्रक्रियामा इजरायलले पनि अमेरिकाको अडानलाई समर्थन गरेको दाबी गरेका छन्। यद्यपि, सम्बन्धित पक्षहरूबाट सम्झौताबारे औपचारिक पुष्टि भने सार्वजनिक भइसकेको छैन।trump-post.png

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij