२०८३, आश्विन २ गते

Sep 18 2026

मनसुन थप सक्रिय, देशका विभिन्न क्षेत्रमा भारी वर्षाको चेतावनी

मनसुन थप सक्रिय, देशका विभिन्न क्षेत्रमा भारी वर्षाको चेतावनी

रोज नेपाल
बिहिवार, श्रावण २१ २०८३
रोज नेपाल
बिहिवार, श्रावण २१ २०८३
  • काठमाडौं। मनसुनी प्रणाली सक्रिय रहँदा आज देशका अधिकांश भू–भागमा वर्षाको सम्भावना रहेको छ। मौसमविद्का अनुसार मनसुनको न्यून चापीय रेखा नेपालका तराई क्षेत्र नजिक रहेकाले वर्षा हुने क्रम अझ प्रभावकारी बन्ने देखिएको हो।

    जल तथा मौसम विज्ञान विभागले सार्वजनिक गरेको पूर्वानुमानअनुसार अहिले देशभर आंशिकदेखि सामान्य बदली छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

    दिउँसो देशभर बदली रहने अनुमान गरिएको छ। पहाडी क्षेत्रमा धेरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ भने हिमाली भेगका केही स्थानमा वर्षासँगै हिमपातसमेत हुन सक्ने विभागले जनाएको छ। तराईका विभिन्न क्षेत्रमा पनि मध्यम वर्षाको सम्भावना रहेको छ।

    विशेषगरी कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्र तथा लुम्बिनीका पहाडी र केही तराई क्षेत्रमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

    रातिको समयमा पनि देशभर बदली कायमै रहनेछ। हिमाली र पहाडी भू–भागका केही स्थानमा वर्षा तथा हिमपात जारी रहने सम्भावना छ भने तराईका केही क्षेत्रमा पनि वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

    मौसमविद्ले भारीदेखि धेरै भारी वर्षा हुन सक्ने क्षेत्रका बासिन्दालाई बाढी, पहिरो, गेग्रान बहाव र भू–क्षयको जोखिमप्रति सजग रहन अनुरोध गरेका छन्। यस्ता मौसमी गतिविधिले दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायातमा समेत असर पार्न सक्ने भएकाले विभागबाट जारी हुने पछिल्ला मौसम सूचनालाई नियमित रूपमा पछ्याउन पनि आग्रह गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij