२०८३, आश्विन २ गते

Sep 18 2026

ग्वार्को फ्लाइओभरमा बस दुर्घटना : एक महिलाको मृत्यु, ६ जना घाइते

ग्वार्को फ्लाइओभरमा बस दुर्घटना : एक महिलाको मृत्यु, ६ जना घाइते

रोज नेपाल
बिहिवार, श्रावण २१ २०८३
रोज नेपाल
बिहिवार, श्रावण २१ २०८३
  • काठमाडौं । ललितपुरको ग्वार्कोस्थित फ्लाइओभरमा बिहीबार बिहान भएको बस दुर्घटनामा एक महिलाको ज्यान गएको छ भने अन्य ६ जना घाइते भएका छन्।

    प्रहरीका अनुसार बिहान करिब १०ः३० बजे कोटेश्वरबाट ग्वार्कोतर्फ गइरहेको बा २ ख ३५९० नम्बरको यात्रुवाहक बस अनियन्त्रित भई फ्लाइओभरको पर्खालमा ठोक्किएको थियो। दुर्घटनापछि बसमा सवार यात्रुहरू घाइते भएका थिए।

    दुर्घटनामा करिब ४० वर्षीया एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ। उनको परिचय भने हालसम्म खुल्न सकेको छैन।

    घाइते सबै ६ जनालाई उपचारका लागि बि एण्ड बी अस्पतालमा भर्ना गरिएको छ। उनीहरूको स्वास्थ्य अवस्थाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

    घटनापछि प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाको कारणबारे अनुसन्धान अघि बढाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij