२०८३, आश्विन १ गते

Sep 17 2026

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक, ८१ प्रतिशतभन्दा बढी विद्यार्थी सफल

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक, ८१ प्रतिशतभन्दा बढी विद्यार्थी सफल

रोज नेपाल
शुक्रवार, श्रावण २२ २०८३
रोज नेपाल
शुक्रवार, श्रावण २२ २०८३
  • काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा सार्वजनिक गरेको छ। बिहीबार प्रकाशित नतिजाअनुसार अधिकांश परीक्षार्थीले ग्रेड प्राप्त गरेका छन्।

    बोर्डका अनुसार मौका परीक्षामा सहभागी ७१ हजार ३१० जनामध्ये ५७ हजार ८९७ परीक्षार्थीले ग्रेड हासिल गरेका छन्। यो कुल सहभागीको ८१.१९ प्रतिशत हो।

    यसैबीच, तीन जना परीक्षार्थीको परीक्षाफल भने रद्द गरिएको बोर्डले जनाएको छ।

    परीक्षार्थीहरूले आफ्नो नतिजा राष्ट्रिय परीक्षा बोर्डको आधिकारिक वेबसाइट, एसएमएस सेवा तथा आईभीआर (IVR) प्रणालीमार्फत हेर्न सक्ने व्यवस्था गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij