काठमाडौं । प्रतिनिधि सभाको बैठक आज दिउँसो बस्ने भएको छ। बैठकमा खानी तथा खनिज पदार्थसम्बन्धी विधेयकलाई अघि बढाउने विषयमा छलफल हुने कार्यसूची तय गरिएको छ।
सिंहदरबारस्थित संघीय संसद् भवनमा दिउँसो १ बजे बस्ने बैठकमा ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने कार्यक्रम रहेको छ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले उक्त प्रस्ताव सभामा प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।
विधेयकमाथि प्रारम्भिक छलफलपछि यसको थप प्रक्रिया अघि बढाउने तयारी गरिएको छ।