२०८३, आश्विन २ गते

Sep 18 2026

भदौ १९ देखि एनभीएलको पहिलो संस्करण, ६ टोली उपाधिका लागि भिड्दै

भदौ १९ देखि एनभीएलको पहिलो संस्करण, ६ टोली उपाधिका लागि भिड्दै

रोज नेपाल
आइतवार, श्रावण ३१ २०८३
रोज नेपाल
आइतवार, श्रावण ३१ २०८३
  • काठमाडौं । नेपालमा पहिलोपटक आयोजना हुन लागेको पुरुष भलिबल फ्रेन्चाइज प्रतियोगिता नेपाल भलिबल लिग (एनभीएल) को पहिलो संस्करण आगामी भदौ १९ गतेदेखि सुरु हुने भएको छ।

    प्रतियोगिता भदौ २७ गतेसम्म काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा सञ्चालन हुनेछ। लिगका लागि आवश्यक आन्तरिक तयारीलाई आयोजकले तीव्रता दिएको जनाएको छ।

    एनभीएलका प्रमुख कार्यकारी अधिकृत सन्तोष उपाध्यायका अनुसार प्रतियोगिताका लागि खेलाडी छनोट गर्ने अक्सन प्रक्रिया यसअघि नै सम्पन्न भइसकेको छ। अक्सन सकिएसँगै सहभागी टोलीहरू प्रतियोगिताको तयारीमा केन्द्रित भएका छन्।

    लिगको पहिलो संस्करणमा ६ वटा फ्रेन्चाइज टोली सहभागी हुनेछन्। नेपालमा पुरुष भलिबललाई व्यावसायिक रूपमा अघि बढाउने उद्देश्यसहित आयोजना हुन लागेको एनभीएलले घरेलु भलिबलमा नयाँ सम्भावनाको ढोका खोल्ने अपेक्षा गरिएको छ।

    प्रतियोगिताले नेपाली खेलाडीलाई फ्रेन्चाइज संरचनामा प्रतिस्पर्धाको अवसर दिनुका साथै पुरुष भलिबलको व्यावसायिक विकास र लोकप्रियता बढाउन सहयोग पुग्ने आयोजकको विश्वास छ।

    भदौ १९ गतेबाट सुरु हुने प्रतिस्पर्धामा ६ टोलीबीचको भिडन्तपछि भदौ २७ गते पहिलो संस्करणको विजेताको टुंगो लाग्नेछ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij