२०८३, आश्विन २ गते

Sep 18 2026

‘भ्वाइस किड्स’ सिजन–५ को विजेता बनिन् सुवासना खड्का, पाइन् १० लाख

‘भ्वाइस किड्स’ सिजन–५ को विजेता बनिन् सुवासना खड्का, पाइन् १० लाख

रोज नेपाल
आइतवार, श्रावण ३१ २०८३
रोज नेपाल
आइतवार, श्रावण ३१ २०८३
  • काठमाडौं । गायन रियालिटी शो ‘भ्वाइस किड्स नेपाल’ सिजन–५ को उपाधि सुवासना खड्काले आफ्नो नाममा पारेकी छन्।

    शनिबार राति सम्पन्न ग्रान्ड फिनालेमा उत्कृष्ट प्रस्तुति दिँदै टिम वाङ्देन शेर्पाबाट प्रतिस्पर्धा गरेकी खड्का विजेता घोषित भएकी हुन्। उपाधिका लागि अन्तिम चरणमा विभिन्न टिमका गरी आठ जना प्रतिभाशाली बालगायक–गायिकाबीच प्रतिस्पर्धा भएको थियो।

    विजेता बनेसँगै सुवासनाले १० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेकी छन्। ग्रान्ड फिनालेपछि आयोजित पुरस्कार वितरण कार्यक्रममा हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसाल तथा प्रायोजक संस्थाका प्रतिनिधिहरूले विजेतालाई पुरस्कार प्रदान गरेका थिए।

    फिनालेमा टिम अर्जुन सापकोटाबाट आन्भी विष्ट र आर्मन कार्की, टिम मिलन नेवारबाट प्राञ्जल ढुंगेल र रुइसाङ पाख्रिन, टिम सत्यराज आचार्यबाट कविना राई र सम्राट खनाल तथा टिम वाङ्देन शेर्पाबाट सुवासना खड्का र क्रिएसन रोका अन्तिम प्रतिस्पर्धामा उत्रिएका थिए।

    प्रतिस्पर्धाका विभिन्न चरण पार गर्दै फिनालेसम्म पुगेका प्रतिभामध्ये सुवासनाले दर्शक तथा निर्णायकको ध्यान तान्दै सिजन–५ को उपाधि हात पारेकी हुन्। उनको जितसँगै नेपाली बालगायन क्षेत्रमा नयाँ प्रतिभाको रूपमा सुवासनाको चर्चा चुलिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij