२०८३, आश्विन २ गते

Sep 18 2026

चुच्चेपाटीको भाटभटेनीमा जलेको अवस्थामा भेटियो ६ वटा शव

चुच्चेपाटीको भाटभटेनीमा जलेको अवस्थामा भेटियो ६ वटा शव

आइतवार, भाद्र २९ २०८२
आइतवार, भाद्र २९ २०८२
  • काठमाडौंको चुच्चेपाटीमा रहेको भाटभटेनीमा जलेको अवस्थामा ६ वटा शव फेला परेको छ।

    भदौ २४ गते प्रदर्शनकारीहरूले आगो झोसेको चुच्चेपाटीको भाटभटेनीबाट अझै धुवाँ निस्किरहेको छ। 

    आइतबार बिहान ६ वटा शव जलेको अवस्थामा भेटिएको काठमाडौं प्रहरी परिसरका एक अधिकृतले सेतोपाटीलाई जानकारी दिए।

    'शव भेटिएको छ। प्रदर्शनकारी हुन् कि कर्मचारी अथवा लुटपाटमा गएकाहरू हुन् भन्ने खुलेको छैन,' ती अधिकृतले भने। 

    काठमाडौंमा जलाइएका अन्यत्र ठाउँका भाटभटेनीमा पनि मानिसहरू जलेको हुनसक्ने प्रहरीको आकलन छ। 

    त्यसबारे बुझ्न प्रहरी परिचालन भएको पनि ती प्रहरी अधिकृतले बताए। 

    भदौ २४ गते काठमाडौंका अधिकांश भाटभटेनीमा प्रदर्शनकारीले आगजनी गरेका थिए। 

    एकाध आउटलेट भने स्थानीयहरूले नै आगजनीबाट जोगाएका थिए। 

    आगजनी भइसकेपछि पनि लुटपाटका लागि मानिसहरू त्यहाँ छिरेका थिए।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij