काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक वनस्थलीस्थित पार्टी कार्यालयमा सुरु भएको छ।
बैठकमा पार्टीको आगामी कार्यदिशा तथा संगठनसँग सम्बन्धित विभिन्न विषयमा छलफल हुने बताइएको छ।
बैठकको कार्यसूचीमा पार्टीका आवश्यक दस्तावेजमाथि छलफल, संगठन व्यवस्थापन तथा विभिन्न पदमा मनोनयन, आगामी योजना र कार्यक्रमका विषय समेटिएका छन्।
त्यसैगरी पार्टीले सञ्चालन गर्ने अभियान तथा संगठनलाई थप व्यवस्थित बनाउने विषयमा पनि केन्द्रीय सदस्यहरूबीच छलफल हुने जनाइएको छ।
बैठकबाट संगठनात्मक निर्णयसँगै आगामी कार्यक्रम र अभियानलाई प्रभावकारी रूपमा अघि बढाउने विषयमा आवश्यक निर्णय लिइने अपेक्षा गरिएको छ।