काठमाडौं । काठमाडौं महानगरपालिका–३ बाँसबारीमा वर्षापछि जमिन कमजोर हुँदा साढे दुई तले घर भासिएको छ।
प्रहरीका अनुसार बिहीबार राति करिब ८ बजेतिर न्यू गण्डकी गेष्ट हाउस सञ्चालनमा रहेको उक्त भवन अचानक भासिएको हो।
लगातारको वर्षाका कारण जमिनको संरचना कमजोर बनेपछि घर भासिएको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ।
घर भासिने समयमा भवनभित्र मानिस नरहेकाले घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।
घटनापछि सम्बन्धित निकायले भासिएको घरको अवस्था तथा आसपासको क्षेत्रमा हुनसक्ने जोखिमबारे निरीक्षण थालेका छन्।