२०८३, आश्विन २ गते

Sep 18 2026

गृहमन्त्री गुरुङले सोमबार नागरिकका गुनासा र सुझाव सुन्ने

गृहमन्त्री गुरुङले सोमबार नागरिकका गुनासा र सुझाव सुन्ने

रोज नेपाल
आइतवार, भाद्र ७ २०८३
रोज नेपाल
आइतवार, भाद्र ७ २०८३
  • काठमाडौं । गृहमन्त्री सुधन गुरुङले सोमबार नागरिकसँग प्रत्यक्ष भेटघाट तथा संवाद गर्ने भएका छन् ।

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चालन गर्दै आएको ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रमअन्तर्गत गृहमन्त्री गुरुङ नागरिकसँग प्रत्यक्ष संवादमा सहभागी हुन लागेका हुन् । कार्यक्रम सोमबार साँझ ५ बजेपछि रास्वपाको केन्द्रीय कार्यालयमा आयोजना हुनेछ ।

    कार्यक्रमको पहिलो चरणमा नागरिकले आफ्ना समस्या, गुनासा, सुझाव र अपेक्षा गृहमन्त्रीसमक्ष प्रत्यक्ष रूपमा राख्न पाउनेछन् । त्यसपछि दोस्रो चरणमा मन्त्री, सांसद तथा पार्टीको केन्द्रीय नेतृत्वले नागरिकबाट प्राप्त सुझाव र समसामयिक तथा नीतिगत विषयमा छलफल गर्ने कार्यक्रम रहेको रास्वपाले जनाएको छ ।

    पार्टीका अनुसार नागरिक र नेतृत्वबीच प्रत्यक्ष संवादमार्फत प्राप्त सुझावलाई नीतिगत छलफलमा समेट्ने उद्देश्यले कार्यक्रम सञ्चालन भइरहेको हो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij