२०८३, आश्विन १ गते

Sep 17 2026

विदेशी मुद्राको विनिमयदर सार्वजनिक, अमेरिकी डलरको बिक्रीदर १५२ रुपैयाँ २३ पैसा

विदेशी मुद्राको विनिमयदर सार्वजनिक, अमेरिकी डलरको बिक्रीदर १५२ रुपैयाँ २३ पैसा

रोज नेपाल
बुधवार, भाद्र १७ २०८३
रोज नेपाल
बुधवार, भाद्र १७ २०८३
  • काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विभिन्न विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। नयाँ दरअनुसार अमेरिकी डलरको खरिद मूल्य १५१ रुपैयाँ ६३ पैसा र बिक्री मूल्य १५२ रुपैयाँ २३ पैसा कायम गरिएको छ।

    राष्ट्र बैंकका अनुसार अष्ट्रेलियन डलरको खरिददर १०८ रुपैयाँ ३२ पैसा र बिक्रीदर १०८ रुपैयाँ ७५ पैसा रहेको छ। त्यस्तै, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ३२ पैसा तथा बिक्रीदर १०९ रुपैयाँ ७५ पैसा निर्धारण गरिएको छ।

    युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ७८ पैसा र बिक्रीदर १७६ रुपैयाँ ४८ पैसा तोकिएको छ। युके पाउन्ड स्ट्रलिङको खरिददर २०५ रुपैयाँ ३० पैसा तथा बिक्रीदर २०६ रुपैयाँ ११ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

    भारतीय रुपैयाँतर्फ १०० भारुको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ।

    राष्ट्र बैंकले आवश्यकताअनुसार विदेशी मुद्राको विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सक्ने जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij