२०८३, आश्विन २ गते

Sep 18 2026

बाढीमा बेपत्ता नागरिकको प्रतीकात्मक शव बनाई पशुपतिमा दाहसंस्कार

बाढीमा बेपत्ता नागरिकको प्रतीकात्मक शव बनाई पशुपतिमा दाहसंस्कार

रोज नेपाल
बिहिवार, भाद्र १८ २०८३
रोज नेपाल
बिहिवार, भाद्र १८ २०८३
  • काठमाडौं । बाढीपछि लामो समयसम्म सम्पर्कविहीन रहेका नागरिकको शव फेला पर्न नसकेपछि पशुपति आर्यघाटमा हिन्दू संस्कारअनुसार प्रतीकात्मक अन्त्येष्टि गरिएको छ।

    बेपत्ता व्यक्तिको वास्तविक शव फेला नपरेको अवस्थामा धार्मिक मान्यताअनुसार कुश प्रयोग गरी शवको प्रतीक तयार पारिएको थियो। सोही प्रतीकात्मक शवलाई विधिपूर्वक दाहसंस्कार गरिएको हो।

    परम्पराअनुसार गरिएको यस संस्कारमार्फत बेपत्ता व्यक्तिको आत्माको शान्तिको कामना गर्दै अन्तिम संस्कारको प्रक्रिया पूरा गरिएको जनाइएको छ।

    बाढीका कारण बेपत्ता भएका व्यक्तिको खोजी जारी रहे पनि शव फेला नपरेपछि परिवारजन तथा आफन्तले धार्मिक संस्कार पूरा गर्ने उद्देश्यले यस्तो विधि अपनाएका हुन्।

    कुशबाट प्रतीकात्मक शव तयार गरी अन्त्येष्टि गर्ने प्रचलन हिन्दू संस्कारमा वास्तविक शव उपलब्ध हुन नसकेको अवस्थामा अपनाइने धार्मिक विधिमध्ये एक मानिन्छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij