२०८३, आश्विन १ गते

Sep 17 2026

एसीसी प्रिमियर कप फाइनलमा नेपाल–युएई भिडन्त, नेपालले थाल्यो ब्याटिङ

एसीसी प्रिमियर कप फाइनलमा नेपाल–युएई भिडन्त, नेपालले थाल्यो ब्याटिङ

रोज नेपाल
शनिवार, भाद्र २७ २०८३
रोज नेपाल
शनिवार, भाद्र २७ २०८३
  • काठमाडौं । एसीसी प्रिमियर कपको उपाधिका लागि नेपाल र संयुक्त अरब इमिरेट्स (युएई)बीच प्रतिस्पर्धा सुरु हुँदैछ। मलेसियास्थित बायुमास ओभलमा हुने निर्णायक खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको छ।

    नेपालका कप्तान सन्दीप लामिछानेले टस आफ्नो पक्षमा परेपछि ब्याटिङ गर्ने निर्णय गरेका हुन्। उपाधि जित्दै एसिया कपमा स्थान सुरक्षित गर्ने लक्ष्यसहित दुवै टोली मैदानमा उत्रिएका छन्।

    नेपाल र युएई दुवै यस प्रतियोगिताको उपाधि दोस्रोपटक आफ्नो नाममा लेखाउने योजनामा छन्। सन् २०२३ मा भएको पहिलो संस्करणको फाइनलमा नेपालले युएईलाई सात विकेटले पराजित गर्दै उपाधि जितेको थियो। त्यसको एक वर्षपछि सन् २०२४ मा युएईले आयोजक ओमानलाई हराएर उपाधि आफ्नो पक्षमा पारेको थियो।

    यसपटकको फाइनल भने थप महत्वपूर्ण बनेको छ। प्रतियोगिताको विजेताले मात्रै आगामी एसिया कपमा स्थान बनाउने भएकाले नेपाल र युएई दुवैका लागि आजको खेल उपाधिसँगै एसिया कपको टिकट सुनिश्चित गर्ने अवसरसमेत हो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij