२०८३, आश्विन २ गते

Sep 18 2026

सङ्क्रामक पशु रोग नियन्त्रण विधेयकमाथि आज विधायन समितिमा छलफल

सङ्क्रामक पशु रोग नियन्त्रण विधेयकमाथि आज विधायन समितिमा छलफल

रोज नेपाल
आइतवार, भाद्र २८ २०८३
रोज नेपाल
आइतवार, भाद्र २८ २०८३
  • काठमाडौँ । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले ‘सङ्क्रामक पशु रोग नियन्त्रण विधेयक, २०८३’ माथि आज दफावार छलफल गर्ने भएको छ।

    समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने तय भएको छ। बैठकमा विधेयकका विभिन्न प्रावधानमाथि सदस्यहरूले विस्तृत छलफल गर्ने कार्यसूची रहेको समितिले जनाएको छ।

    विधेयकमाथिको छलफलका क्रममा पशुमा फैलिन सक्ने संक्रामक रोगको नियन्त्रण तथा त्यससँग सम्बन्धित व्यवस्थाबारे विषयगत रूपमा विचार गरिनेछ।

    समितिले छलफललाई थप प्रभावकारी बनाउन कृषि, वन तथा वातावरण मन्त्री र सम्बन्धित मन्त्रालयका सचिवलाई बैठकमा आमन्त्रण गरेको छ।

    विधेयकमाथिको दफावार छलफलसँगै बैठकमा अन्य विविध विषयमा समेत सदस्यहरूबीच विचार–विमर्श हुने बताइएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij