२०८३, आश्विन १ गते

Sep 17 2026

सुनको मूल्य फेरि बढ्यो

सुनको मूल्य फेरि बढ्यो

रोज नेपाल
आइतवार, भाद्र २८ २०८३
रोज नेपाल
आइतवार, भाद्र २८ २०८३
  • काठमाडौं । नेपाली बजारमा साताको पहिलो कारोबार दिन सुन र चाँदीको मूल्य उकालो लागेको छ। आइतबार सुन प्रतितोला १ हजार २०० रुपैयाँले महँगिएको छ भने चाँदीको भाउ पनि ६० रुपैयाँले बढेको छ।

    नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख २ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार बजार बन्द हुँदा प्रतितोला सुन ३ लाख १ हजार रुपैयाँमा किनबेच भएको थियो।

    सुनको मूल्यमा आएको वृद्धिसँगै चाँदीको भाउ पनि बढेको छ। महासंघका अनुसार चाँदी प्रतितोला ६० रुपैयाँले वृद्धि भएर आज ४ हजार ६६० रुपैयाँ पुगेको छ।

    यसअघि शुक्रबार चाँदीको मूल्य प्रतितोला ४ हजार ६०० रुपैयाँ थियो।

    यससँगै नयाँ साताको सुरुवातमै बहुमूल्य धातु सुन र चाँदी दुवैको मूल्य बढेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij