२०८३, आश्विन २ गते

Sep 18 2026

रसुवा बाढीमा प्रधानमन्त्री राहत कोषमा १ हजार रुपैयाँ भुक्तानी गरेका एक ग्राहकले पाए एक लाख उपहार

रसुवा बाढीमा प्रधानमन्त्री राहत कोषमा १ हजार रुपैयाँ भुक्तानी गरेका एक ग्राहकले पाए एक लाख उपहार

रोज नेपाल
बिहिवार, आश्विन १ २०८३
रोज नेपाल
बिहिवार, आश्विन १ २०८३
  • काठमाडौँ ।भोटेकोशी बाढी पछी सरकारले जनता मार्फत प्रधानमन्त्री राहत कोषमा जनताले आफुले सकेको सहयोग गर्न आग्रह गरेसँगै एक ग्राहकले प्रधानमन्त्री राहत कोषमा १ हजार रुपैयाँ भुक्तानी गर्दा करदाता प्रोत्साहन कार्यक्रम अन्तर्गत १ लाख रुपैयाँ प्राप्त गरेका छन् । 

    आन्तरिक राजस्व विभागले आज करदाता प्रोत्साहन कार्यक्रमको भदौ महिनाका विजेता घोषणा गरेको छ । यही  क्रममा प्रधानमन्त्री राहत कोषमा एक हजार रुपैयाँ दिएका ग्राहकलाई १ लाख रुपैयाँ उपहार परेको हो ।

    उनको कुपन नम्बर ०४२६१८४७७६२० रहेको छ । सरकारले हरेक १५र१५ दिनमा घोषणा गर्नुपर्ने यो कार्यक्रमको विजेता यस पटक मासिक रुपमा घोषणा गरिएको हो । १० भदौको बाढीका कारण १६ भदौको कार्यक्रम धकेलिएको थियो ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij