२०८३, आश्विन २ गते

Sep 18 2026

जेनजी सांसदसँग प्रधानमन्त्रीको छलफलप्रति रास्वपा सांसद बानुको प्रश्न

जेनजी सांसदसँग प्रधानमन्त्रीको छलफलप्रति रास्वपा सांसद बानुको प्रश्न

रोज नेपाल
शुक्रवार, आश्विन २ २०८३
रोज नेपाल
शुक्रवार, आश्विन २ २०८३
  • काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले जेनजी उमेर समूहका सांसदहरूसँग गरेको छलफलप्रति राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०की सांसद अफ्साना बानुले प्रश्न उठाएकी छन्।
    प्रधानमन्त्री शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जेनजी उमेर समूहका सांसदहरूसँग अन्तरक्रिया गरेका थिए। छलफलमा डिजिटल सुशासन, नवीनतम प्रविधि, युवा स्वरोजगार तथा स्टार्टअप नीति, प्राविधिक शिक्षा, सर्वसुलभ स्वास्थ्य सेवा र वातावरणीय सन्तुलनसहितको दिगो विकास लगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 


    छलफलपछि रास्वपा सांसद बानुले जेनजीका मुद्दा सम्बोधनका लागि उमेर समूहका सांसदहरूसँग मात्रै नभई यसअघि देखि नै जेनजीका माग तथा मुद्दा उठाउँदै आएका सांसदहरूसँग पनि छलफल गर्नुपर्ने धारणा राखेकी छन्।


    उनले प्रधानमन्त्री शाहलाई प्रश्न गर्दै जेनजीका माग र मुद्दा सम्बोधन गर्न उमेर समूहलाई आधार बनाउने कि ती मुद्दा निरन्तर उठाउँदै आएका सांसदहरूसँग पनि छलफल गर्ने भन्ने विषयमा स्पष्ट हुनुपर्ने बताएकी छन्।

     

     

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij