२०८३, आश्विन २ गते

Sep 18 2026

धनुषामा ८३५ किलो गाँजा बरामद

धनुषामा ८३५ किलो गाँजा बरामद

शुक्रवार, आश्विन ३ २०८२
शुक्रवार, आश्विन ३ २०८२
  • काठमाडौँ ।  सशस्त्र प्रहरीले धनुषाबाट ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ । विदेह नगरपालिका–३ गोबराही स्थित बाँसघारीमा लुकाइ राखिएको अवस्थामा ८३५ किलोग्राम गाँजा सशस्त्र प्रहरीले बरामद गरेको हो ।

    सशस्त्र प्रहरी बल नेपाल नं २ छिन्नमस्ता बाहिनि मुख्यालयको बिशेष सुचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल नं. ८ गण धनुषाबाट प्रहरी निरीक्षक हेमन्त लिम्बुको कमाण्डमा खटिएको २७ जनाको टोलीले आज  दिउँसो सो गाँजा बरामद गरेको हो ।


    बरामद गरिएको गाँजा गोब्राहीका स्थानीय जोगिन्द्र साहको बाँसघारीभित्र रहेको टहरोमा लुकाई छिपाई राखेको अवस्थामा अवस्थामा भेटिएको सूचना अधिकारी एसएसपी अशोक बमले जानकारी दिए ।
     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij