२०८३, आश्विन २ गते

Sep 18 2026

तुइन खोला पहिरो : निरन्तर ढुङ्गा खस्दा सडक खुलाउन समस्या

तुइन खोला पहिरो : निरन्तर ढुङ्गा खस्दा सडक खुलाउन समस्या

शनिवार, आश्विन ४ २०८२
शनिवार, आश्विन ४ २०८२
  • काठमाडौँ । सडक डिभिजन कार्यालय भरतपुरले मुग्लिन नारायणगढ सडक खण्ड अन्तर्गत तुइन खोला पुल नजिकै झरेको पहिरो हटाउने कार्य जारी रहेको बताएको छ । शनिबार अपराह्न एक सूचना जारी गर्दै डिभिजन कार्यालयले सो कुराको जानकारी दिएको हो ।

    सडकमा ढुङ्गा खस्ने क्रम निरन्तर भइरहेको  हुँदा पहिरो हटाएर सडक सञ्चालन गर्न भने समस्या भइरहेको सो कार्यालयले जनाएको छ ।

    अहिले नारायणगढतर्फबाट लोडर र एक्साभेटर, मुग्लिन तर्फबाट दुई वटा लोडर र एउटा एक्साभेटर परिचालन गरेर पहिरो हटाउने कार्य सुचारु भइरहेको जनाइएको छ ।

    थप पहिरो खस्ने क्रम रोकिएको खण्डमा कम्तीमा साँझसम्ममा पहिरो हटाई सवारी आवागमन सुचारु गर्ने सम्भावना रहेको समेत सडक डिभिजन कार्यालयले जनाएको छ । शुक्रबार साँझ करिब  ६ : ३० बजे देखि सो सडक खण्डमा पहिरो खस्न सुरु भएको थियो । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij