२०८३, आश्विन २ गते

Sep 18 2026

सञ्चारमन्त्री खरेलले फर्काए मन्त्रालयको पहिलो निर्णयको प्रस्ताव

सञ्चारमन्त्री खरेलले फर्काए मन्त्रालयको पहिलो निर्णयको प्रस्ताव

सोमवार, आश्विन ६ २०८२
सोमवार, आश्विन ६ २०८२
  • काठमाडौँ । नवनियुक्त सञ्चार तथा सूचना मन्त्री जगदीश खरेलले मन्त्रालयले तयार पारेको निर्णयमा हस्ताक्षर गर्न मानेनन् । मन्त्रालयले तयार पारेको काठमाडौँ उपत्यकाका सार्वजनिक स्थलमा निःशुल्क वाईफाइ सेवा उपलब्ध गराउने प्रस्ताव ल्याएको थियो । 

    सोमबार पद तथा गोपनीयताको शपथलगत्तै मन्त्रालय पुगेर पदबहाली गरेपछि मन्त्री खरेलले पहिलो निर्णयका रूपमा २ महिनाभित्र काठमाडौँका सार्वजनिक स्थानहरूमा यो सेवा उपलब्ध गराउने प्रस्ताव मन्त्रालयका अधिकारीले ल्याएका थिए । 

    मन्त्री खरेलले मन्त्रालयले तयार पारेको उक्त प्रस्तावमा परिमार्जन गर्दै आगामी ५ महिनाभित्र सातै प्रदेशका प्रमुख सहरका मुख्य स्थानमा पनि वाइफाई विस्तार गर्ने प्रस्ताव गर्न निर्देशन दिएका छन् । तर केहीबेरपछि निर्णय सच्याएर ल्याएपछि मन्त्री खरेलले निर्णयमा हस्ताक्षर गरेका छन् । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij