२०८३, आश्विन २ गते

Sep 18 2026

कुखुरा मासुको मूल्य घट्यो

कुखुरा मासुको मूल्य घट्यो

मंगलवार, आश्विन ७ २०८२
मंगलवार, आश्विन ७ २०८२
  • काठमाडौं ।  बजारमा कुखुराको मासुको मूल्य घटेको छ। सोमबारदेखि कुखुराको मासुको मूल्य प्रतिकिलो ३० रूपैयाँले घटेको हो। 

    अहिले ग्राहकले कुखुराको मासु प्रतिकिलो तीन सय ७० रूपैयाँमा पाउँछन्। यसअघि प्रतिकिलो चार सय रूपैयाँ पुगेको थियो। 

    दसैं सुरू भएसँगै कुखुराको मासुको खपत कम हुँदा मूल्य घटेको कुखुरा व्यवसायी संघका अध्यक्ष जंगबहादुर बिसीले जानकारी दिए।

    ‘दसैंमा काठमाडौंमा कुखुराको मासुको खपत कम हुन्छ,’ उनले भने, ‘त्यसैले व्यवसायीले मूल्य घटाउँछन्।’

     

    उनका अनुसार दसैंमा अधिकांश ग्राहकले खसीको मासु उपभोग गर्छन्। यो समयमा स्कुल, कलेज तथा रेष्टुरेन्टहरू पनि बन्द हुन्छ। त्यसैले खपत कम हुने भएकाले दसैंको समयमा कुखुराको मासुको मूल्य घट्ने गरेको छ। 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij