२०८३, आश्विन २ गते

Sep 18 2026

श्रीमतीको हत्या आरोपमा शिक्षक पक्राउ

श्रीमतीको हत्या आरोपमा शिक्षक पक्राउ

मंगलवार, आश्विन १४ २०८२
मंगलवार, आश्विन १४ २०८२
  • काठमाडौं । इटहरीमा श्रीमतीको हत्या गरेको आरोपमा एक जना शिक्षक पक्राउ परेका छन्।

    खोटाङ ऐसेलुखर्क गाउँपालिका-१ की २५ वर्षीया अनिशा भट्टराईको उनकै श्रीमान सुमन दाहालले सोमबार साँझ हत्या गरेको आरोप छ।

    सुनसरी प्रहरी प्रमुख एसपी केशव थेबेका अनुसार अनिशा लोक सेवा आयोगको तयारीका लागि सुनसरीको इटहरी उपमहानगर-१२ मा डेरा बसिरहेकी थिइन्।

    उनलाई भेट्न आएका सुमनसित घरेलु विषयमा झगडा परेको थियो। सोही निहुँमा सुमनले अनिशामाथि काठको बटमले टाउकोमा प्रहार गरेका थिए। श्रीमानको आक्रमणबाट गम्भीर घाइते अनिशालाई उपचारका लागि विराटनगर ल्याइएको र उपचार क्रममा उनको ज्यान गएको प्रहरी भनाइ छ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij